Rule 16
पुनस्र्थापना तथा पारिवारिक पुनर्मिलन

(१) ऐन तथा यस नियमावली बमोजिम उद्धार गरिएका पीडित तथा निजसँग रहेका नाबालकलाई तिनीहरुको पुर्नस्थापना तथा पारिवारिक पुनर्मिलन नहुञ्जेलसम्मका लागि केन्द्रमा राख्ने व्यवस्था गरिनेछ ।
(२) उपनियम (१) बमोजिमका व्यक्तिहरुलाई केन्द्रले निजको घर परिवारको खोजतलास गरी परिवारिक पुनर्मिलन गराउनु पर्नेछ । केन्द्रले यस्तो पारिवारिक पुनर्मिलन गराउँदा पीडित तथा निजको परिवारका सदस्यलाई आवश्यक परामर्श दिने, सहजीकरण गर्ने लगायतका आवश्यक उपायको अवलम्बन गर्नेछ ।
(३) उपनियम (१) बमोजिम तत्कालका लागि केन्द्रमा राखिएका पीडितलाई छ महिना भन्दा बढी अवधि केन्द्रमा राखिने छैन ।
तर उद्धार गरिएको व्यक्ति नाबालिग रहेछ भने निजलाई वैकल्पिक व्यवस्था गरी बालबालिकाका निम्ति स्थापित केन्द्रमा स्थानान्तरण गरिनेछ ।